रणवीर–आलियाको विवाहको नक्कली कार्ड भाइरल भएपछि… « Khabarhub

रणवीर–आलियाको विवाहको नक्कली कार्ड भाइरल भएपछि…


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आलिया भट्ट र रणवीर कपूरको अफेअरका बारेमा त धेरैलाई थाहा नै छ । यी दुईको बलिउडमा खुबै चर्चा हुने गर्छ । यतिबेला भने आलिया र रणवीरको बिहेको नक्कली कार्ड सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आलिया र रणवीरको बिहेको कार्डले फ्यानसमेत झुक्काएको छ । कार्डमा सगुन सेरेमनी राजस्थानमा हुने भनेर लेखिएको छ । जबकि, यो कार्ड पूर्ण रुपमा नक्कली हो । यसलाई फोटोशप गरेर बनाइएको हो ।

यो कार्डमा आलिया र उनकी आमाको भनाइ बाहिर आएको छ । साथै मुकेश भट्टले पनि यसबारेमा मुख खोलेका छन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै आलियाका अंकल मुकेश भट्टले भने, ‘आलिया यतिबेला फिल्मको छायांकनमा व्यस्त छिन्, मलाई देशभरबाट यो बारेमा बुझ्न फोन आइरहेको छ, यस्तो कहाँ हुन्छ? दुःखको कुरा यो हो कि, कार्डमा निकै गल्ती छन् ।’

यता आलियाले पनि यसबारेमा हाँस्दै प्रतिक्रिया दिइन् – के भनौँ ?

नक्कली बिहेको कार्डमा गल्तीहरु छन् । यतिसम्म कि नाममा समेत त्रुटि छ । अझ कार्डमा आलियालाई मुकेश भट्टकी छोरी भनिएको छ । जबकि, आलिया महेश भट्टकी छोरी हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ४ : २९ बजे

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता

डडेल्धुरामा पनि रास्वपाका जोशीको अग्रता

अमरगढी– डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय