प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपरथी डानियलबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपरथी डानियलबीच भेटवार्ता


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सेनाका उपरथी डानियल एफ. एमसी डानियलबीच सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको नेतृत्व गर्दै उपरथी डानियल नेपाल र अमेरिकी सेनाबीच भएको ‘ल्याण्ड फोर्स टक’ कार्यक्रमका लागि नेपाल आएका हुन् । कार्यक्रममा अमेरिकी सेनाको प्यासेफिक कमाण्डका १६ जना अधिकृतहरु सहभागी छन् भने नेपाली सेनाबाट रथीसहित १९ जना सहभागी छन् ।

नेपाली सेना र अमेरिकी सेनाको टोली सामुहिक तस्वीर खिचाउँदै – तस्वीर नेपाली सेना

कार्यक्रम सैनिक मुख्यालयमा बुधबारबाट शुरु भएको हो । दुई दिनसम्म चल्ने यो कार्यक्रम ‘ल्याण्ड फोर्स टक’ दोस्रो संस्करण हो ।

कार्यक्रमहरुले दुई देशका सेनाबीचको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सनाले कार्यक्रमको उद्देश्य सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायीकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ४९ बजे

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा