प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपरथी डानियलबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपरथी डानियलबीच भेटवार्ता


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सेनाका उपरथी डानियल एफ. एमसी डानियलबीच सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको नेतृत्व गर्दै उपरथी डानियल नेपाल र अमेरिकी सेनाबीच भएको ‘ल्याण्ड फोर्स टक’ कार्यक्रमका लागि नेपाल आएका हुन् । कार्यक्रममा अमेरिकी सेनाको प्यासेफिक कमाण्डका १६ जना अधिकृतहरु सहभागी छन् भने नेपाली सेनाबाट रथीसहित १९ जना सहभागी छन् ।

नेपाली सेना र अमेरिकी सेनाको टोली सामुहिक तस्वीर खिचाउँदै – तस्वीर नेपाली सेना

कार्यक्रम सैनिक मुख्यालयमा बुधबारबाट शुरु भएको हो । दुई दिनसम्म चल्ने यो कार्यक्रम ‘ल्याण्ड फोर्स टक’ दोस्रो संस्करण हो ।

कार्यक्रमहरुले दुई देशका सेनाबीचको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सनाले कार्यक्रमको उद्देश्य सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायीकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ४९ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको