पश्चिमी न्यूनचापीय वायूको प्रभावले वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी न्यूनचापीय वायूको प्रभावले वर्षा र हिमपातको सम्भावना


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाल देशको पश्चिमि र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलि रहेको छ |

मंसिर ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात देखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति