पश्चिमी न्यूनचापीय वायूको प्रभावले वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी न्यूनचापीय वायूको प्रभावले वर्षा र हिमपातको सम्भावना


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाल देशको पश्चिमि र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलि रहेको छ |

मंसिर ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात देखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ५३ बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि