‘परम्परागत कृषिलाई तोड्नु नै मेरो पहिलो प्राथमिकता’ « Khabarhub

‘परम्परागत कृषिलाई तोड्नु नै मेरो पहिलो प्राथमिकता’


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई तोड्नु नै आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको र यसका लागि परम्परागत कृषिप्रणाली तोड्नैपर्ने मन्त्री भुषालले बताए ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले शनिबार गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा बोल्दै कृषिमन्त्री भुसालले गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा कृषि क्षेत्रसँग जोडिएकोले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताए ।

मुलुकको कृषि प्रणाली परम्परागत रहेकाले यसलाई तोड्नैपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘परम्परागत र निर्वाहमुखी कृषिप्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।’

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ नै हुने बताए । ‘अहिले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीपूर्वक कार्यान्वन गर्नेतर्फ नै मेरो ध्यान जान्छ, तर आगामी वर्षको नीति कार्यक्रम बनाउने बेला कृषि क्रान्तिलाई बल पुग्ने गरी योजना बनाउने प्रयास रहने छ’, उनले भने ।

विकास सजिलो कुरा नभएको तर यो सम्भव रहेको भन्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको बताए । जिम्मेवारी निर्वाह गरिरहँदा आफू कुनै लोभ र डरबाट भने प्रभावित नहुने उनले बताए ।

धेरै ठूला कुरा गर्नुको अर्थ नहुने भएकोले व्यवहारिक पक्ष हेर्नुपर्ने पनि बताए । मुलुकमा गुजारा श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै मुख्य कुरा रहेको उनको भनाइ छ । उनले कृषि मन्त्रालय काम गर्नको लागि उपयुक्त मन्त्रालय भए पनि यसमा ऐतिहासिक समस्या रहेको पनि बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ३८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार