२३ देशका ३२ संस्थालाई बेजोसले दिने भए १ अर्ब १२ करोड चन्दा « Khabarhub

२३ देशका ३२ संस्थालाई बेजोसले दिने भए १ अर्ब १२ करोड चन्दा


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन– अमेजनका मालिक जेफ बेजोसले यस वर्ष ९८ दशमलब ५ लाख अमेरिकी डलर दान गर्ने भएका छन् ।

उनले सहयोग गर्ने यो रकम १ अर्ब १२ करोड ९५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । आश्रयस्थलमा बस्दैआएका घरबार विहीन परिवारहरुलाई सहयोग गर्ने ३२ संस्थालाई उनले २०१९ मा उक्त रकम चन्दा दिने घोषणा गरेका हुन् ।

बेजोसले आफ्नै नाममा २०१८ मा सुरु गरेको ‘फाउन्डेशन’को तर्फबाट यस्तो सहयोग गर्दैआएका छन् । घरवार विहीन परिवारलाई सहयोग र बालबालिकाका लागि मन्टेसोरी स्थापना गर्नु उनको फाउन्डेशनको उद्देश्य छ ।

उनले यस वर्षको चन्दा २३ देशका ३२ संस्थालाई दिने भएका हुन् । गत वर्ष बेजोसले २४ संस्थालाई सहयोग गरेका थिए ।

बेजोस पछिल्लो वर्ष विल गेट्सलाई उछिन्दै संसारकै धनी व्यवसायीको रुपमा चिनिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : २२ बजे

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा