२३ देशका ३२ संस्थालाई बेजोसले दिने भए १ अर्ब १२ करोड चन्दा « Khabarhub

२३ देशका ३२ संस्थालाई बेजोसले दिने भए १ अर्ब १२ करोड चन्दा


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन– अमेजनका मालिक जेफ बेजोसले यस वर्ष ९८ दशमलब ५ लाख अमेरिकी डलर दान गर्ने भएका छन् ।

उनले सहयोग गर्ने यो रकम १ अर्ब १२ करोड ९५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । आश्रयस्थलमा बस्दैआएका घरबार विहीन परिवारहरुलाई सहयोग गर्ने ३२ संस्थालाई उनले २०१९ मा उक्त रकम चन्दा दिने घोषणा गरेका हुन् ।

बेजोसले आफ्नै नाममा २०१८ मा सुरु गरेको ‘फाउन्डेशन’को तर्फबाट यस्तो सहयोग गर्दैआएका छन् । घरवार विहीन परिवारलाई सहयोग र बालबालिकाका लागि मन्टेसोरी स्थापना गर्नु उनको फाउन्डेशनको उद्देश्य छ ।

उनले यस वर्षको चन्दा २३ देशका ३२ संस्थालाई दिने भएका हुन् । गत वर्ष बेजोसले २४ संस्थालाई सहयोग गरेका थिए ।

बेजोस पछिल्लो वर्ष विल गेट्सलाई उछिन्दै संसारकै धनी व्यवसायीको रुपमा चिनिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : २२ बजे

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर– विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन

१०८ रोपनी क्षेत्रफलमा एमाले महाधिवेशन उद्घाटन समारोहको मञ्च बन्दै : के छन् विशेषता ?

भक्तपुर – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन सभा भक्तपुरको

नागढुङ्गा-मलेखु सडकखण्ड : शुक्रबार र शनिबार खुला हुने

मलेखु– दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा