क्यानडामा जस्टिन ट्रुडोले बनाए हिन्दू महिलालाई मन्त्री  « Khabarhub

क्यानडामा जस्टिन ट्रुडोले बनाए हिन्दू महिलालाई मन्त्री 


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडा- क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा एक हिन्दू महिलाले पनि ठाउँ पाएकी छिन् ।

नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी हिन्दू महिला अनिता इन्दिरा आनन्दले पनि मन्त्री बन्ने अवसर पाएकी हुन् । सम्भवतः क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने पहिलो मन्त्री नै उनी भएको बताइन्छ ।

प्रधानमन्त्री जस्टिनले भने आफूले विविधतालाई महत्व दिएको प्रतिक्रिया दिएका छन् । क्यानडामा अरु तीनजना भारतीय मूलका नेता पनि मन्त्री बनिसकेका छन् ।

आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ मन्त्रिपरिषद्मा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कानूनको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टो विश्वविद्यालयमा अध्यापन गर्छिन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् ।

उनका बावु–आमा दुबै स्वास्थ्य क्षेत्रमा थिए । उनकी आमा सरोज राम भारतको अमृतसरकी थिइन् भने बावु एसभी आनन्द तामिलनाडुकाका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ३३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा