सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव « Khabarhub

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव शुरु भएको छ । ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् ।

प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन् ।

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन् । अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन् ।

हङकङको जिल्ला परिषद्‍मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन् । प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन् । परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ ।

बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्।

स्थानीय समय अनुसार ७:३० बजे मतदान केन्द्र खुलेका छन् । अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन् । हङकङको जनसङ्ख्या ७४ लाख छ । ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् । र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ । ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ।

हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन् । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ।

तर यसपाली यो चुनाव फरक हुने देखिएको बीबीसीले जनाएको छ ।

जुन महिनामा सरकार विरोधी प्रदर्शन सुरु भएयता पहिलोपटक यस्तो चुनाव हुँदैछ। त्यसैले यसले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्ने समाचारहरुमा जनाइएको छ ।

हङकङ ब्यापटिष्ट विश्वविद्यालयका सह प्राध्यापक केनेथ चानले रोयटर्स समाचारसंस्थालाई भने, “हङकङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यसलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरूको धारणा स्पष्ट पार्नेछ।”

हङकङको चुनाव प्रणाली बमोजिम ११७ जिल्ला पार्षद्हरू १२०० सदस्यीय समितिको सदस्य बन्नेछन् जसले अन्तत: प्रमुख कार्यकारी चयन गर्नेछ । त्यसैले प्रजातन्त्रवादीहरूको ठूलो जित भयो भने शहरको प्रमुख कार्यकारी को बन्ने भन्नेमा उनीहरूको पनि हात हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : १२ बजे

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले