शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित) « Khabarhub

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

हिमाली तथा पहाडी क्षेत्रका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो ।

शिलाजीत पत्थर पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालोर गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ।

आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रुपमा मानिन्छ । यसलाई जडीबुटीहरूको राजा पनि मानिएको छ ।

बल पुष्टिकारक, ओजवर्द्धक र दौर्बल्यनाशक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरुको लागि मात्र नभइ स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन् । शिलाजीत गहुतरगोमत जस्तो गन्ध आउँछ।

शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ । शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ ।

यसको उचित प्रयोगले मानव शरीरमा लाग्ने आन्तरिक तथा बाह्य रोग निर्मूल हुने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

शिलाजीतका औषधीय गुणहरु

– मधुमेहका बिरामीले शिलाजीतको नियमित सेवन गर्दा धेरै लाभ पु¥याउँछ ।

– कुनैपनि पिसाबसम्बन्धी समस्याहरु शिलाजीतको प्रयोगबाट निर्मुल पार्न सकिन्छ ।

– बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोरीमा पनि शिलाजीतको प्रयोग उत्तम मानिन्छ ।

– यौन दुर्बलता वा यौन क्षमता कमजोर छ भने पनि यसको प्रयोग उपयुक्त मानिन्छ । यसले कुनै पनि साइडइफेक्ट गर्दैन ।

कस्तो अवस्थामा प्रयोग गर्नुहुँदैन

– पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्तबाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ता, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

– शिलाजीत सेवान गर्दा रातो खुर्सानी, तातो खान र पेय पदार्थ, मसलेनदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : २० बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन