लागुऔषधसहित दुई युवक पक्राउ « Khabarhub

लागुऔषधसहित दुई युवक पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट स१०प ६१९ नंको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसैगरी अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहा प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चार पशुचौपाया बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका चार गोरु बरामद गरेको हो ।

त्यसैगरी सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा करीब तीन हजार गाँजा बोट नष्ट गरेको छ । प्रहरी चौकी सन्हैठाले सिरहा नगरपालिका–२२ सन्हैठामा स्थानीयवासीले लगाएको दुई हजार ५०० बोट तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–२२ डाँडाटोलमा १०० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ५५ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल