दोहोरी प्रतिष्ठानको चुनाव: अध्यक्षमा रमेश र विष्णुको भिडन्त « Khabarhub

दोहोरी प्रतिष्ठानको चुनाव: अध्यक्षमा रमेश र विष्णुको भिडन्त


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशनमा ११ पदमा उम्मेदवारी दिएका कलाकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रवारदेखि शुरु भएको महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्दैछ ।

महाधिवेशनका लागि आइतबार (आज) उम्मेदवारका लागि मतदान हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदका लागि रमेश वि.जी र गायक विष्णु खत्री भिड्दैछन् ।

यता प्रतिष्ठानको चुनावमा उठेका ११ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा रीता थापा मगर, यस्तै प्रथम उपाध्यक्ष पशुपति शर्मा र द्वित्तीय उपाध्यक्षमा गायक रामजी खाँड सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा राधिका हमाल निर्वाचित भएकी छिन् भने तृत्तीय उपाध्यक्ष दीपक खड्का चयन भएका छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिको महासचिव पदमा सुवास केसी निर्विरोध निर्वाचित भएका छन् । उप–महासचिव पदमा शंकर बिसी र शिव हमाल निर्विरोध चयन भएका छन् ।

यसैगरी खुमन अधिकारी सांगठनिक सचिव तथा महिला सचिवमा जमुना राना मगर चयन भएका छन् । साथै पूर्णकला बिसी सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।

बाँकी केही पदमा भने अन्ततः मतदान हुने भएको छ । अध्यक्ष पदका लागि रमेश बिजी र विष्णु खत्री भिड्ने भएका छन् । यस्तै कोषाध्यक्षमा राजु ढकाल र तारापति सुवेदीले उमेद्वारी दिएका छन् ।

त्यस्तै सह–कोषाध्यक्ष पदका लागि घनश्याम रिजाल र ईश्वरीप्रसाद भुसालको उम्मेदवारी परेको छ भने सचिव (प्रशासनिक) तर्फ कृष्ण रेउले र पुरुषोत्तम थापाको उमेद्वारी परेको छ ।

सचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । खुलातर्फबाट सचिव पदका लागि जीवन दाहाल, प्रचण्ड जिसी, रमेश राज भट्टराई, कृष्ण आँशु विश्वकर्मा र विनोद बाजुराली, राजन गुरुङ, नविन पौडेल, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, हर डाँगी, नारायण प्रसाद खनाल, हुम गैरे र पुश्कल शर्माको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ०७ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन