मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु « Khabarhub

मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मर्निङ वाकमा निस्किएका एक चिकित्सकको दुर्घटनामा परी मृत्य भएको छ ।

नयाँबानेश्वर घर भएका एनेस्थेसियाका वरिष्ठ डाक्टर प्रभु जोशीको आफ्नै घर अगाडि सवारीले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

७२ वर्षीय जोशी मर्निङ वाक निस्कएको बेला विहान ६ बजे संसद भवनको दक्षिण गेट अगाडि सवारीसाधनले ठक्कर दिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको र घटनास्थलमै मृत्यु भएको थियो । तर कस्तो र  कुन सावरी साधनले ठक्कर दिएको हो भन्ने अझै खुलेको छैन ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर घटनाको विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ । उनी इशान बाल तथा महिला अस्पतालमा कार्यरत थिए । उक्त अस्पतालका उनी शेयर होल्डर समेत थिए ।

डा जोशी यसअघि त्रिवि शिक्षण अस्पतालम एनेस्थेसियामा कार्यरत थिए ।

इशान अस्पतालका एक कर्मचारीका अनुसार डा जोशी इशान अस्पतालमा शुरुदेखि नै लगानीकर्ता हुन् । उनी टिचिङ अस्पतालबाट अवकाश पाएदेखि इशान अस्पतालमै एनेस्थेसियामा समेत काम गर्ने गर्थें ।

डा जोशीकी पत्नी ललिता जोशी समेत चिकित्सक हुन् । उनी स्त्रीरोग विशेषज्ञ हुन् ।

डा जोशीको शब अहिले टिचिङ अस्पतालमा राखिएको छ । घटनाको विषयमा प्रहरी थप अनुसन्धान गरीरहेकाले उनको शव पोष्टमार्टम गरिएको छैन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ५० बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर