मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु | Khabarhub Khabarhub

मर्निङवाकमा निस्केका डाक्टर जोशीलाई सवारीले ठक्कर दिँदा दुर्घटनास्थलमै मृत्यु


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मर्निङ वाकमा निस्किएका एक चिकित्सकको दुर्घटनामा परी मृत्य भएको छ ।

नयाँबानेश्वर घर भएका एनेस्थेसियाका वरिष्ठ डाक्टर प्रभु जोशीको आफ्नै घर अगाडि सवारीले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

७२ वर्षीय जोशी मर्निङ वाक निस्कएको बेला विहान ६ बजे संसद भवनको दक्षिण गेट अगाडि सवारीसाधनले ठक्कर दिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको र घटनास्थलमै मृत्यु भएको थियो । तर कस्तो र  कुन सावरी साधनले ठक्कर दिएको हो भन्ने अझै खुलेको छैन ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर घटनाको विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ । उनी इशान बाल तथा महिला अस्पतालमा कार्यरत थिए । उक्त अस्पतालका उनी शेयर होल्डर समेत थिए ।

डा जोशी यसअघि त्रिवि शिक्षण अस्पतालम एनेस्थेसियामा कार्यरत थिए ।

इशान अस्पतालका एक कर्मचारीका अनुसार डा जोशी इशान अस्पतालमा शुरुदेखि नै लगानीकर्ता हुन् । उनी टिचिङ अस्पतालबाट अवकाश पाएदेखि इशान अस्पतालमै एनेस्थेसियामा समेत काम गर्ने गर्थें ।

डा जोशीकी पत्नी ललिता जोशी समेत चिकित्सक हुन् । उनी स्त्रीरोग विशेषज्ञ हुन् ।

डा जोशीको शब अहिले टिचिङ अस्पतालमा राखिएको छ । घटनाको विषयमा प्रहरी थप अनुसन्धान गरीरहेकाले उनको शव पोष्टमार्टम गरिएको छैन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ५० बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च