देउवालाई बाँस्कोटाको प्रश्‍न–नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ? « Khabarhub

देउवालाई बाँस्कोटाको प्रश्‍न–नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ?


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको बताएपछि राजनीतिक वृत्त तरंगित भएको छ ।

शनिवार पोखरामा आयोजित एक सभामा देउवाले भारतले नक्सा छाप्नुअघि प्रधानमन्त्री ओलीसँग सहमति लिएको बताएका थिए । उनले त्यसक्रममा ओली लम्पसारवादी भएको र राष्ट्रवादी नेता नभएको आरोप लगाएका थिए ।

त्यसको प्रतिउत्तरमा पोखरा नै पुगेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नाकाबन्दीको बेलामा एक शव्द पनि नबोल्ने देउवाले चुनाव आएको बेलामा कुर्लेर नुहुने जवाफ दिए ।

‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छरु’ उनले भने ।
‘केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनकि गरेको आरोप प्रमुख प्रतिपक्षी दलको नेताले लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदि त्यस्तो हो भने उहाँकोबारेमा केही गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ। यसअघि नेपाल र भारतको सीमा सम्बन्धका कयौँ, विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नु भयो वा अरुको एकलौटी पेलाईमा पर्नुभयो भन्ने जवाफ दिनुपर्छ।’

उनले टनकपुर सन्धि कसैले नबिर्सेको पनि बताए। ‘टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले गलत भनिसकेको छ। त्यो सन्धिबारे देउवाको भनाई के हो ?’, उनले सोधे, ‘यो कस्को पालामा भएको हो ? त्यसैले आरोप लगाउँदा सत्यमा आधारित मात्रै लगाउनुपर्छ।’

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : १० बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट