हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गरिँदै « Khabarhub

हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गरिँदै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जिल्लावासीको मागअनुसार स्रोत भएका जिल्लाले पर्याप्त खानेपानी पाउनुपर्ने मान्यताका साथ योजना ल्याइएको बताए ।

आयोजनाबाट प्रभावित गाउँपालिकासम्म पुग्ने सडक कच्ची भएकाले स्थानीयवासीले मन्त्रालयसँग सडक कालोपत्रको माग गर्दै आएका छन् । प्रवक्ता शाक्यले सडक निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको बाँकी पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी सरकारले दुई महिनापहिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दुई साताअघि आयोजनास्थलमा निरीक्षण गरी काममा ढिलाइ नगर्न निर्देशन दिएका थिइन्।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : ०३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै