एक अर्ब ५७ करोड राजश्व सङ्कलन « Khabarhub

एक अर्ब ५७ करोड राजश्व सङ्कलन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ ।

त्यस्तै घरभाडा करअन्तर्गत रु दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत रु एक लाख ५० गरी रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा रु एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व सङ्कलन लक्ष्य तोकिएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजश्व सङ्कलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरुप नै सङ्कलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजश्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी सङ्कलन भइरहेको छ ।

आन्तरिक राजश्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव २०७६/७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा रु पाँच अर्ब १५ करोड राजश्व सङ्कलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव २०७५/७६ मा रु दुई अर्ब ४२ करोड राजश्व सङ्कलनको लक्ष्य पाएकामा रु तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद