कालोजले धेरै गफ गर्दा ‘इरिटेट’ हुन्छन् अजय देवगन « Khabarhub

कालोजले धेरै गफ गर्दा ‘इरिटेट’ हुन्छन् अजय देवगन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगन र काजोल बलिउडको लोकप्रिय जोडीमध्ये एक हो । यी दुवैले बिहे गरेको २० वर्ष पुगिसकेको छ । र, दुवैको एकअर्काप्रति खुबै प्रेम छ ।

अजय र काजोल दुवैले एकअर्काको सकारात्मक र नकारात्मक कुरालाई स्वीकार गरेका छन् । हालै अजय देवगनले खुलासा गरेका छन् कि, कालोजको कुन कुरा उनलाई मन पर्दैन?

अजयले भने, ‘काजोलसँग धेरैभन्दा धेरै कुरा गर्न मलाई मन पर्दैन ।’ उनले जतिबेला काजोलले धेरै कुरा गर्दिनन्, त्यतिबेला आफूले मिस गर्ने पनि बताए ।

उनले भने, ‘काजोल सेटमा खुबै कुरा गर्छिन्, जब तपाईं उनलाई ध्यान दिन थाल्नुहुन्छ, त्यतिबेला उनी अरु केही गरिरहेकी हुन्छिन् ।’

अजयले कालोजको धेरै बोल्ने बानीलाई लिएर बेलाबेलामा सम्झाउने गरेको पनि बताए । साथै उनले काजोलसँग काम गर्दा धेरै सहज हुने पनि बताए ।

‘सबैलाई थाहा छ, उनी एक शानदार कलाकार हुन्, उनीसँग काम गर्न रमाइलो हुन्छ, अझ उनी त मेरी पत्नी हुन्, त्यसैले मलाई अझ सहज लाग्छ,’ उनले भने ।

अजय देवगन र काजोल करीब ११ वर्षपछि फिल्म ‘तान्हाजी’ मार्फत पर्दामा देखिँदैछन् । फिल्ममा अजयले तान्हाजीको भूमिका निभाउँदैछन् भने काजोलले पत्नी सावित्रीको भूमिका निभाउँदैछिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : ३१ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’