ट्याक्सीको नयाँ मापदण्डले उपभोक्ता मारमा ! « Khabarhub

ट्याक्सीको नयाँ मापदण्डले उपभोक्ता मारमा !


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् ।

विभागले नयाँ नम्बर प्लेट खोल्नेसम्बन्धी कुनै निर्णय विभागले गरेको छैन तर २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ ।

नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ । त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ ।

विभागमा महानिर्देशक गोनबहादुर हमालले नयाँ मापदण्डले ट्याक्सीको सेवालाई गुणस्तरीय बनाउने दावी गरे । ट्याक्सीको सेवाबारे धेरै जनगुनासो आएकाले नयाँ मापदण्ड तय गरिएको उनको भनाइ छ ।

अबका ट्याक्सीमा सुरक्षा फिचर्स अनिवार्य गरिनेछन् । यस्तै ट्याक्सीभित्रै विभिन्न स्मार्ट प्रणाली र प्रविधिहरु पनि अनिवार्य गर्न लागिएको छ । हाल सञ्चालनमा रहेका ट्याक्सीमा कुनै आधुनिक फिचर्स छैनन् । अब नयाँ मापदण्डअनुसार ट्याक्सीहरुमा अनिवार्य रुपमा विदेशमा जस्तै नेभिगेसनसहितका स्मार्ट प्रविधि जडान गर्नुपर्ने हुन्छ ।

महंगो पर्ने !

ट्याक्सीको नयाँ मापदण्डले ट्याक्सी सेवा महंगो पर्ने देखिएको छ । यसले गर्दा उपभोक्ता मारमा पर्नेछन् । १२०० सिसिका ट्‍याक्सी खरिद गर्दा खरिददर महँगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकोले सर्वसाधारण र न्यून आय भएका जनताले खरिद गरेर सञ्‍चालन गर्ने सम्भावना न्यून रहेको ट्याक्सी व्यवसायीको भनाइ छ ।

त्यसैगरी, मूल्यमा पनि ठूलो अन्तर छ । नयाँ ट्याक्सीको मुल्य करिब ३० लाखसम्म पर्छ भने पुरानाको जम्मा लगभग १८ लाख जति पर्न जान्छ । ट्याक्सीमा लागू गरिएको यस नियमले व्यवसायीलाई पनि ठूलो झट्का दिने देखिएको छ ।

नयाँ मापदण्डका के छन् विशेषता ?

विभागले तोकेको नयाँ मापदण्ड अनुसार १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ। त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ ।

बिजुलीबाट चल्नेमा अपग्रेड गर्न मिल्ने

विभागले बिजुली ट्याक्सीको लागि छुट्टै मापदण्ड बनाएको छ। बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ। त्यस्तै, यसमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ।

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएको थियो ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : ५२ बजे

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, कटु टिप्पणी र दलगत टकराबले

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको