नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस् « Khabarhub

नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस्


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई पत्र लेखेका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुको मानव अधिकारको पूर्ण रक्षा गर्न आह्वान गर्दै पत्र पठाएका छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगर्न आग्रह गरेका हुन् ।

सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६ तिब्बतीलाई चिनियाँ अधिकारीहरुको जिम्मा लगाएको भन्दै अमेरिकी सांसदहरुले विरोध जनाएका हुन् ।

तिब्बतीलाई चिनियाँ अधिकारीको जिम्मा लगाएर नेपालले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर)सँगको सहमति उल्लंघन गरेको उनीहरुले आरोप लगाएका छन् ।

टम लान्टोस ह्युमन राइट्स कमिसनका सहअध्यक्ष जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथका साथमा माइकल टी म्याक्कउल, इलियट एल एन्जेल, डेविड ई प्राइस, वर्न बुकानन, प्रमिला जयपाल र स्टिभ चाबोटले राजदूत डा. कार्कीलाई पत्र पठाएका हुन्

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले गरेको धरपकडप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

त्यस्तै, नेपाल र चीनबीच हुने भनिएको सुपुर्दगी सन्धिप्रति पनि उनीहरुले चासो देखाउँदै नेपाललाई यस्ता सन्धिप्रति सतर्क रहन सुझाव दिएका छन् । सी चिनफिङको भ्रमणका क्रममा सुपुर्दगी सन्धि नभएको विषयलाई उनीहरुले स्वागत गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : १० बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ