ट्रायल फेल भएकासँग पैसा लिएर नयाँ लाइसेन्स, यातायातका हाकिमसहित ३८ कर्मचारीको संलग्नता | Khabarhub Khabarhub

ट्रायल फेल भएकासँग पैसा लिएर नयाँ लाइसेन्स, यातायातका हाकिमसहित ३८ कर्मचारीको संलग्नता


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) फेल भएका व्यक्तिलाई पनि लाइसेन्स वितरण भएको सन्दर्भमा ३८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख आनन्द केशरी पोखरेलसहित ३८ जना कर्मचारीले विभिन्न व्यक्तिबाट पैसा लिएर लाइसेन्स वितरण गर्ने गरेका भेटिएको हो ।

अख्तियारले गरेको छानबिनअनुसार उनीहरुले ट्रायल फेल भएका १ हजार २ सय ८४ जनालाई सवारी चालक अनुमति पत्र वितरण गरेका भेटिएको छ ।

ट्रायल फेल भएका व्यक्तिलाई ‘पास’ भएको देखाएर नयाँ लाइसेन्स वितरण गर्ने गरेको भेटिएको अख्तियारले जनाएको छ ।

ट्रायल फेल भएका व्यक्तिलाई ‘पास’ बनाउने कार्यमा ट्राफिक प्रहरीहरुको समेत संलग्नता देखिएको छ । अख्तियारले २ जना ट्राफिक प्रहरीका अधिकृत (डिएसपी र इन्सपेक्टर)विरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यातायात कार्यालय एकान्तकुनाका प्रमुख (उपसचिव) आनन्द केशरी पोखरेविरुद्ध ८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ बिगो दावी गर्दै बिगोअनुसार दाबी र कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले तत्कालीन इन्जिनियर (हाल अवकाशप्राप्त) लगायत ३८ जना कर्मचारीविरुद्ध बिगो तथा जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यी हुन् लाइसेन्स अनियमितता प्रकरणमा प्रतिवादी बनाइएका कर्मचारीहरु;

सि.नं. पद नाम थर कसुर र मागदाबी
कार्यालय प्रमुख (उपसचिव) आनन्द केशरी पोखरेल प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई Pass जनाई निर्णय गरेको, एक पटक फेल भई सकेकालाई प्रयोगात्मक परीक्षा (ट्रायल) दिएको ३ (तीन) महिना नपुग्दै पुन परीक्षामा समाबेश गराएको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, निर्णयमा फेल देखिएकाको नतिजा गैरकानुनी लाभ पुर्‍याउने वदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरेको, उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानि नोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.८,५९,५५०।–(आठ लाख उनान्साठी हजार पाँच सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको ।
इन्जिनियर (हाल अवकास) बासुदेव पोखरेल प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३,४६,७५०।-(तीन लाख छयालीस हजार सात सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको।
 प्रहरी निरीक्षक मुरारी मिश्र प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाइसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.२४,३००।-(चौवीस हजार तीन सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको।
तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent भएकालाई पास जनाई निर्णय गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.२४,९००।-(चौवीस हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिम समेत सजाय हुन मागदाबी लिइएको।
शाखा अधिकृत (हाल अवकास) राममणी पोखरेल   प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएकालाई सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३५,९००।-(पैंतीस हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
शाखा अधिकृत (हाल निलम्बन)  ईश्वरराज रेग्मी प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएकालाई सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गरेको, ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३०,०००।-(तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
शाखा अधिकृत शम्भुप्रसाद थपलिया  ट्रायल परीक्षामा Fail/Absent तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाईसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरवदल गरी पास गर्ने निर्णय गरेको, पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.११,१००।-(एघार हजार एक सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
 तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारिस गरेको, जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेखसमेत नोक्सान गरेको, उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.३,२००।-(तीन हजार दुई सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १२ र दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।
तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) बाबुलाल रेग्मी पहिले नै परीक्षा समितिले फेल भनी निर्णय गरिसकेकाको प्रवेश पत्र/नगदी रसीद/नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरुमा पास भनी दस्तखत गरी स.चा.अ.प. जारी गर्न सिफारीस गरेको, उक्त जारी गरिएको सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले बिगो रकम रु.७००।-(सात सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको ।

 

प्रयोगात्मक परीक्षा (ट्रायल) मा Fail/Absent तथा परीक्षा समितिको रिजल्टमा Fail भएका सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) जारी गर्न सिफारिस तथा जारी गरेको र जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग) र दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले देहायका कर्मचारीहरुलाई तपसिल बमोजिमको बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको।

तपसिल
सि.नं. पद नामथर बिगो रकम कैफियत
शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ रु. १,७००।- जारी गर्ने
शाखा अधिकृत पदमप्रसाद पोखरेल रु. २,८००।-
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं) वासुदेब तिवारी रु. ३,३००।-
शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा रु. १,७००।-
शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनाल रु. ४,१५०।-
शाखा अधिकृत भविन्द्र कार्की रु. ३,०५०।-
नायव सुब्बा वच्चुप्रसाद पोखरेल रु. १००।- सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना रु. २००।-
नायव सुब्बा कमलकुमार खत्री रु. १००।-
१० नायव सुब्बा (हाल निलम्बन) मदन गिरी रु. २५०।-
११ नायव सुब्बा प्रेमराज निरौला रु. १,७००।-
१२ नायव सुब्बा(हाल अवकास) राधाकृष्ण पोखरेल रु. ५००।-
१३ नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारी रु. १००।-
१४  नायव सुब्बा शिवप्रसाद चापागाई रु. ५००।-
१५ नायव सुब्बा (हाल अधिकृत छैठौं) उमाकान्त जोशी रु. २००।-
१६ प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्य बज्र वज्राचार्य रु. २,७००।-
१७ कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने रु. १००।-
१८ टाईपिष्ट नायव सुब्बा कविता खड्का रु. २,१००।-
१९  टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे  रु. १००।-
२० खरिदार(हाल ना.सु.) वावुकृष्ण महत रु. १००।-
२१ खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल रु. १००।-
२२ खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा रु. २००।-
२३ खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला रु. ३५०।-
२४ खरिदार(हाल ना.सु.) मणिराम कोइराला रु. ३००।-
२५ खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री रु. १००।-
२६ खरिदार . रघुनाथ के.सी रु. २००।-
२७ खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई रु. ९००।-
२८ खरिदार (हाल ना.सु) तिर्थराज जैशी रु. १,३००।-
२९ टा.खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारी रु. ५००।-

 

 

 

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका