पाटेबाघको छालासहित ६ जना पक्राउ « Khabarhub

पाटेबाघको छालासहित ६ जना पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- प्रहरीले गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई  पक्राउ गरेको छ ।

बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ र १ फिट ३ इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो ।

प्रहरीले बा. १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नं.को मोटरसाइकल बरामद गरेको छ । छालासहित पक्राउ पर्नेहरु गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७ वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

पक्राउ गरिएको छाला र छ आरोपीहरुलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ६ : ५७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी