विप्लव समूहका १६५ जना सत्तारुढ नेकपा प्रवेश | Khabarhub Khabarhub

विप्लव समूहका १६५ जना सत्तारुढ नेकपा प्रवेश


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकमा आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा चन्द समूहका युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेकपा प्रवेश गर्नेमा चाँगुनारायण इञ्जिनियरीङ कलेजका २१ इञ्जिनीयरसहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ तरुण युवा, नेपाली काँग्रेसका सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।

त्यसैगरी नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातिकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना रहेको नेकपा अध्यक्ष बचन देउजाले जानकारी दिए । त्यस्तै राप्रपा युवक सङ्गठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्णभक्त लागेजूसहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।

चन्द समूहको भ्रातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चाँगुनारायण नगरपालिकाका विभिन्न वडा, मध्यपुरथिमिका र मोरङ जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठासहित १६५ जनाले विप्लव समूह त्यागेर नेकपा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ३० बजे

‘पब्लिक स्पिच नेपाल’को विजेता बने जाजरकोटका दीपक

काठमाडौं– जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को

युरोपेली विमानस्थलहरू ’साइबर अवरोध’ बाट प्रभावित

एजेन्सी- ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक विमोचन

काठमाडौँ- नेपाल-चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक चीनको राजधानी

मधेसमा दशैँपछि मात्रै सरकारी सेवा पूर्ण रुपमा सञ्चालन हुने

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन-जीको प्रदर्शनका क्रममा

तेलिखोलामा ७० वर्षीय पुरुषको शव भेटिए

लेटाङ–  लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी