साग खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आउँदै « Khabarhub

साग खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आउँदै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

साग अतिथि सत्कार कमिटिकी संयोजक अनन्ता देवी खनालका अनुसार बंगलादेशको टोली सोमबार आउने टुङ्गो लागेको हो । बंगलादेशबाट ३० सदस्यीय टोली काठमाडौं आउन लागेको संयोजक खनालले बताइन् ।

अन्य ४ टोली कहिले आउने भन्ने एकिन नभएको खनालले बताइन् । साग अगाडि हुने खेलमध्ये भलिबल बुधबारदेखि शुरु हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल पुरुष र महिला भलिबलमा समूह ए मा रहेको छ । पुरुष र महिला भलिबलमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

आयोजक नेपालले यसअघि नै पुरुष र महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : १५ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३