सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता हुँदै  « Khabarhub

सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता हुँदै 


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई प्रोत्साहन गर्न सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा गर्नेभएको छ ।

शैक्षिक सङ्घसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्न लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आगामी २०७७ साल वैशाख १९ र २० गते सञ्चालन गरिने उक्त प्रतियोगितामा प्रतिरक्षा प्रविधि, वातावरण र संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि र विपद् व्यवस्थापन सहयोग प्रविधिलगायत विषय समावेश गरिने जानकारी दिइएको छ । यसअघि सेनाले यस्तो प्रतियोगिता २०७० सालमा गरेको थियो ।

उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति, सङ्घसंस्थाहरुले आफ्नो प्रस्ताव आगामी पुसभित्र पठाइसक्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु तीन लाख, एक लाख ५० हजार र ५५ हजार प्रदान गरिने जनाइएको छ । स्नातक तहमुनिका विद्यार्थी मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु दुई लाख, एक लाख र ५० हजार प्रदान गरिने छ ।

यसैगरी कक्षा १२ सम्मका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु एक लाख ५० हजार, ५५ हजार र २५ हजार प्रदान गरिने छ । प्रतियोगिताले देशको मुख्य चुनौतीका रूपमा रहेको बौद्धिक पलायनको समस्यालाई हल गर्नुका साथै सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन र अनुसन्धान गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ३२ बजे

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका