सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता हुँदै  « Khabarhub

सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता हुँदै 


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई प्रोत्साहन गर्न सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा गर्नेभएको छ ।

शैक्षिक सङ्घसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्न लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आगामी २०७७ साल वैशाख १९ र २० गते सञ्चालन गरिने उक्त प्रतियोगितामा प्रतिरक्षा प्रविधि, वातावरण र संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि र विपद् व्यवस्थापन सहयोग प्रविधिलगायत विषय समावेश गरिने जानकारी दिइएको छ । यसअघि सेनाले यस्तो प्रतियोगिता २०७० सालमा गरेको थियो ।

उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति, सङ्घसंस्थाहरुले आफ्नो प्रस्ताव आगामी पुसभित्र पठाइसक्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु तीन लाख, एक लाख ५० हजार र ५५ हजार प्रदान गरिने जनाइएको छ । स्नातक तहमुनिका विद्यार्थी मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु दुई लाख, एक लाख र ५० हजार प्रदान गरिने छ ।

यसैगरी कक्षा १२ सम्मका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु एक लाख ५० हजार, ५५ हजार र २५ हजार प्रदान गरिने छ । प्रतियोगिताले देशको मुख्य चुनौतीका रूपमा रहेको बौद्धिक पलायनको समस्यालाई हल गर्नुका साथै सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन र अनुसन्धान गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ३२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं