१ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ « Khabarhub

१ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एक लाख ५९ हजार साउदी रियाल सहित एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट दुबई जान लागेका भारतीय नागरिक अशफाक मिर्जालाई साे बराबरको रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे ५ बजेकाे उडानमार्फत दुबई जान लागेका उनीमाथि चेकजाँचका क्रममा खैरो रंगको ब्यागभित्र फल्स बटम बनाई लुकाइछिपाइ एक लाख ५९ हजार साउदी रियाल लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पासपोर्ट नम्बर पी-९२२६३३३ रहेका मिर्जालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको छ । प्रहरीले उनको साथबाट ५०० दरको साउदी रियाल ३१८ थान बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : २१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा