चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन, १ सय २२ जना संदिग्ध पक्राउ « Khabarhub

चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन, १ सय २२ जना संदिग्ध पक्राउ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा गरेको विशेष सर्च अपरेशनका क्रममा अवैध गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

उनले भने, “सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौँ ।”

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

प्रहरीका अनुसार चिनियाँहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ । यद्यपि उनीहरुमाथि थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : ३२ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय