चीनमा सम्पन्न ‘अल्ट्रा ट्रेल दौड’मा नेपालकी रशिलाले जितिन् स्वर्ण « Khabarhub

चीनमा सम्पन्न ‘अल्ट्रा ट्रेल दौड’मा नेपालकी रशिलाले जितिन् स्वर्ण


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको कुनिम प्रान्तमा भएको ५० किलो मिटर अल्ट्रा ट्रेल दौड प्रतियोगिताको उपाधि नेपालकी रशिला तामाङले जितेकी छिन्।

जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगिता दुई हजार मिटर उचाईको कुनिम शहरबाट सुरु भएर ४ हजार २ सय सम्मको २१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी छिन् ।

रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए। उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्।

धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। महिला पुरुष माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका धावक यान लुङ फेइले जिते।

प्रतियोगितामा नेपालका दुर्गाराज बुढा दोस्रो र दामोदर बुढा मगर तेस्रो बनेका थिए। विश्वमा आकर्षक अल्ट्रा ट्रैल दौडको मोह नेपाली धावकहरुमा बड्दो छ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब