नेपथ्य यात्रा: मेलबर्नको मञ्चबाट शुक गुरुङको बिदाइ | Khabarhub Khabarhub

नेपथ्य यात्रा: मेलबर्नको मञ्चबाट शुक गुरुङको बिदाइ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत गुरुङ टक्क रोकिए ।

एकछिन रोकिएपछि अमृतले भने – ‘नेपथ्यले एउटा साथी गुमाएको छ, एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए, म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु, उनको आत्मालाई शान्ति मिलोस् ।’

चर्चित रचनाकार शुक गुरुङको आइतवार निधन भएको थियो । मिर्गौला रोगबाट ग्रसित शुकको निधनको खबरले आफू स्तब्ध भएको अमृत गुरुङले सामाजिक सञ्जालमा आइतवार नै लेखिसकेका थिए ।

‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन् ।

मेलबर्नको कार्यक्रममा पृष्ठभूमिमा शुक र अमृतको तस्वीर देखाइएको थियो । अमृतले त्यही तस्वीरतिर फर्किएर नमस्ते गरे र भने, ‘हार्दिक श्रद्धान्जली शुक गुरुङ ।’

खचाखच उपस्थित दर्शक भावुक बने । अमृतले अगाडि थपे, ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनुपर्छ, आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं ।’

लगत्तै अमृतले गाउन थाले – छेक्यो छेक्यो देेउराली डाँडा ।

त्यसपछि नेपथ्यले ‘तालको पानी’ गीत गायो । त्यसपछि अन्य गीत ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहेको हलमा दर्शकले नेपथ्यका गीत सुन्न पाउँदा खुशी देखिएका थिए । कति दर्शकले टिकट नपाउँदा निराश भएर फर्किनुपरेको थियो ।

नेपथ्यको टिममा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी छन् ।

मेलबर्नको प्रस्तुतिसँगै नेपथ्यको यस वर्षको अष्ट्रेलिया यात्रा सकिएको छ। ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा हो । ब्याण्ड, व्यवस्थापन तथा प्राविधिकसहितको १२ सदस्यीय टोली मंगलबारै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : १४ बजे

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको