कमेडी नाच्ने दयाहाङ राई ! « Khabarhub

कमेडी नाच्ने दयाहाङ राई !


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दयाहाङ राईले अभिनय त गज्जबको गर्छन् तर उनी नाच्न भनेपछि असहज मान्छन् । फिल्मको गीतमा दयाहाङलाई नचाउन कोरियोग्राफरलाई गाह्रो पर्छ ।

दयाहाङले पनि आफूलाई नाच्न नआउने स्वीकार्दै आइरहेका छन् । अभिनयका कारण चर्चामा आउने दयाहाङलाई पछिल्लो समय भने उस्तै अभिनय गरेको आरोप लाग्ने गरेको छ ।

उनलाई मिडियाले पनि यति आरोप लगाउन थाल्यो कि, दयाहाङ केही समय मिडियामा नै आउन चाहेनन् ।

असोजमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ बाट चर्चामा आएका दयाहाङ केही समयअघि प्रदर्शनमा आएको ‘माछा माछा’ मा सानो भूमिकामा देखिएका थिए ।

दयाहाङलाई दर्शकले फिल्म ‘सेन्टीभाइरस’ मा देख्न पाउनेछन् । सेन्टीभाइरसमा दयाहाङको शीर्ष भूमिका रहने जनाइएको छ ।

हालै ‘सेन्टीभाइरस’ मा समावेश ‘फनफनी’ गीत सार्वजनिक कार्यक्रम थियो । उक्त कार्यक्रममा दयाहाङलाई पत्रकारले सोधे – तपाईंलाई त नाच्न गाह्रो हुन्छ, फनफनी गीतमा नाच्न कत्तिको सजिलो लाग्यो?

दयाहाङले यो फिल्म कमेडी भएकाले आफ्नो नृत्य पनि त्यस्तै भएको प्रतिक्रिया दिए । पत्रकारका प्रश्नलाई रमाइलोका रुपमा लिँदै दयाहाङले भने – यो फिल्म कमेडी छ, त्यसैले पनि मैले नाचेको सुहाएको छ झैँ लागेको छ ।

गीतमा दयाहाङ राईले चल्तीकी मोडल अञ्जली अधिकारीसँग कम्मर मर्काएको देख्न सकिन्छ । फिल्मका अन्य कलाकार पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  २ : ०० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर