सनफ्लो सनफ्लावर तेल किन्नेले उपहारमा पाए हिराको हार « Khabarhub

सनफ्लो सनफ्लावर तेल किन्नेले उपहारमा पाए हिराको हार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ ।

तेस्रो लक्की ड्र अन्तर्गत ललितपुरकाे पाटन बस्ने सुनिता लामालाई हिराको नेकलेस (हार) हस्तान्तरण गरिएको छ । यस्तै, काठमाडौंको पेप्सीकोला बस्ने सिर्जना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन् । त्यस्तै, सप्तरीको राजविराज घर भएका अबिनाश यादव र चितवनको नारायणगढ घर भएका राजन गुरुङले हिराको टप जितेका छन् ।

सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको तेस्रो लक्की ड्र विजेताहरुको नाम ३० मंसिरमा इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भइ सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ४ : ०४ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको