यस्तो हुनेछ ‘सेल्फी किङ’ मा विपिनको भूमिका « Khabarhub

यस्तो हुनेछ ‘सेल्फी किङ’ मा विपिनको भूमिका


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक फिल्ममा फरक अभिनय गर्दै आएका अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को चर्चा छ । फिल्ममा विपिन कार्कीलाई एक हास्य अभिनेताको भूमिकामा देखाइएको छ ।

फिल्ममा विपिनलाई एक हास्यकलाकारको भूमिकामा देख्न सकिनेछ । उनले फिल्ममा एक कलाकारको जीवनमा आएको विभिन्न उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन् ।

निर्माण टिमका अनुसार कला यात्राको दौरान एक हास्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनमा देखिएका उतारचढावलाई फिल्ममा विपिनमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

एक हास्य पात्रले दर्शक त हसाउँछ तर उसको वास्तविकता कस्तो हुन्छ कथामा विपिन प्रस्तुत भएका छन् ।

गत वर्ष फिल्म ‘प्रसाद’ मा एक प्रेमीका रुपमा देखिएका विपिन यसपटक कलाकारका रुपमा देखिन लागेका हुन् ।

फिल्मलाई प्रसादका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेका हुन् । विशाल सापकोटाले निर्देशन गरेको यो फिल्मलाई ड्रामा विथ कमेडी भनिएको छ ।

फिल्मका निर्माता दिनेश राउतले ‘सेल्फी किङ’ मा विपिनको भूमिका खुलाउँदै थप्छन्, ‘एक हास्य कलाकारभित्रको पीडा फिल्ममा विपिनको भूमिकामा माध्यमबाट हामीले देखाउन खोजेका छौँ ।

राउतका अनुसार फिल्मले एक कलाकारको जीवनका माध्यमबाट मनोरञ्जन दिनेछ ।

विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने फिल्ममा निर्देशक सापकोटाकै लेखन रहेको छ ।

यो फिल्म माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसअघि सार्वजनिक भएका फिल्मका पोस्टर र टिजरले दर्शकको साथ पाएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ४ : २० बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य