मलेसियाले पठायो कामदार लिन नयाँ स्वास्थ्य मापदण्ड « Khabarhub

मलेसियाले पठायो कामदार लिन नयाँ स्वास्थ्य मापदण्ड


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कामदारको मुख्य गन्तव्य देश मलेसियासँग रोकिएको रोजगारी खुल्ने भएको छ । अब केही दिन भित्रैमा रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

९ महिनादेखि बन्द अवस्थामा रहेको मलेसिया रोजगारी खुलाउन मलेसिया सरकार सकारात्मक भएसँगै रोजगारी खुल्ने भएको हो । भिसा र स्वास्थ्य परीक्षण लगायतका खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने भएसँगै मलेसियामा रोकिएको रोजगारी खुल्ने भएको हो ।

सहमति भएसँगै अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाका नाममा कामदारको अतिरिक्त शुल्क अब रोजगारदाताले नै तिर्नेछन् ।

नेपाली कामदार लिन मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठाएसँगै लामो समय रोकिएको राजगारी खुल्ने निश्चि भएको हो ।

अव अन्तर्राष्ट्रिय मापदण्ड पुगेका स्वास्थ्य संस्थाले रोजगारीमा जान चाहने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।

मलेसिया सरकारले श्रम मन्त्रालयलाई नयाँ मापदण्ड अनुसार स्वास्थ परीक्षणको संरचना पठाएको छ ।

अब दुबै देशका टेक्निकल कमिटीको बैठक बसेर कामदार लैजाने विषयमा हस्ताक्षर हुने छ ।

‘मलेसियाका लागि कलिङ भिसा लगाए र ९ महिना अघि देखिर रोकिएका करिब १ लाक कामदार लैजाने विषयमा मलेसिया तयार भएको हो’ मलेसिया स्थित नेपाली राजदूतावासका एक उच्च अधिकारीले बताए ।

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थय, विमा लगायतमा राखेको अडानलाई मलेसिया सरकारले सकारात्मक रुपमा लिएको नेपाली दूतावासको उच्च अधिकारीले बताए ।

वैदेशिक रोजगार विभागकाअनुसार मलेसियामा ५ लाख नेपाली कामदार छन् । नेपाल भित्रिने कुल रेमिटमध्ये ३५ प्रतिशतभन्दा बढी मलेसियाले ओगट्दै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार