सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा १ युवा पक्राउ « Khabarhub

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा १ युवा पक्राउ


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का १ युवा पक्राउ परेका छन् ।

पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

दनुवारसहित चार जनाले बालुवा चाली टिपरमा फर्कंदै गरेकी १४ वर्षीया किशोरीलाई नदी किनारमा लगी सामूहिक बलात्कार गरेको पीडित परिवारद्वारा घटनाको भोलिपल्ट प्रहरीमा दर्ता किटानी जाहेरी दिएको जनाइएको छ । सोही आधारमा प्रहरीले चैत ५ गते मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको थियो । आरोपित टिपरका चालक तथा सहचालक हुन् ।

प्रहरीले सोही दिन आरोपितको म्याद थप गर्दै हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिए । पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । मुलुकी संहितामा आरोपितलाई कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ४१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ