म्यूजिक कन्सर्टमा पहिलोपटक प्रमुख अतिथि बने राउटे « Khabarhub

म्यूजिक कन्सर्टमा पहिलोपटक प्रमुख अतिथि बने राउटे


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि  कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आइपुगे ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन् ।

यहाँस्थित ‘एमएनआर ह्याप्पी’ नामक संस्थाले  नेपाल आइडल रवि ओड र र्‍यापर भि–टेनलाई निम्त्याएर आयोजना गरेको प्रत्यक्ष साङ्गीतिक कार्यक्रम (लाइभ कन्सर्ट) मा राउटे पहिलोपटक प्रमुख अतिथि भए । कार्यक्रममा पुगेका राउटे करवीरले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने कार्यक्रमा प्रस्तुतिका लागि सहभागी नेपाल आइडल रवि ओड र गायक बादल थापालाई ढाका टोली पहिर्‍याएर सम्मान गरे ।

“जङ्गलको बास र तरुल/कन्दमूलको भरमा बाँच्ने राउटे समुदायलाई समाजसित घुलमिल गराउन यहाँ डाकेका हौँ”, एमएनआर ह्याप्पी क्लबका अध्यक्ष करनसिंह पालले भने, “केही नयाँपनको शुरुआत गर्ने उद्देश्यले पनि लोपोन्मुख जातिको जम्मान गरेका हौँ ।”

पहुँचकै लागि सभासम्मेलनमा शीर्षनेता र उच्चपदस्थलाई बोलाउनुभन्दा पिछडिएका वर्ग र समुदायलाई अगाडि ल्याउन पनि पहल गरिएको उनको भनाइ थियो ।

करवीरले पहिलोपटक साङ्गीतिक कार्यक्रमा सहभागी हुन पाउँदा खुशी भएको बताए । “यस्तो कार्यक्रममा अहिलेसम्म आएको थिइनँ”, उनले भने, “मनोरञ्जनात्मक कार्यक्रममा आतिथ्यताका लागि सबैलाई धन्यवाद ।”

झण्डै एक दशकअघि यहाँको मटेनास्थित सामुदायिक वन छेउमा आश्रय लिँदै आएका राउटेले जग्गा र घरबासको व्यवस्था नहुँदा समस्या भइरहेको दुखेसो पोखे ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ५१ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले