किन नाचे मुख्यमन्त्री छमछमी ? « Khabarhub

किन नाचे मुख्यमन्त्री छमछमी ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–  गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पुगेका थिए ।

मुख्यमन्त्रीको गुरुङको साथमा हनुहुन्थ्यो आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

उनीहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दा रात परिसकेको थियो । मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई स्वागत गरिसकेपछि स्थानीयले सांस्कृतिक कार्यक्रमको तयारी थाले । स्थानीयको तयारीपछि मुख्यमन्त्री गुरुङ लगायत मन्त्रीहरु सांस्कृतिक कार्यक्रमतर्फ अघि बढे ।

लगत्तै स्थानीयले खैँजडीको तालमा मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत गर्दै गीत गाउन शुरु गरे । मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे –

‘विकास गर्न भनेर मन्त्रीज्यू आउनुभाको छ
मनमा सारै खुशी लाको छ’

स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैँले खैजडी बजाउन थाले र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढे । मुख्यमन्त्री र मन्त्रीहरुलाई स्थानीय युवतीले कौरा गीतमा साथ दिए ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका एक/एक ठाउँलाई नमूना कृषि गाउँको रुपमा छनौट गरे बमोजिम भानुमति पनि नमूना कृषि गाउँको रुपमा छनौट भएको छ ।

नमूना गाउँको रूपमा छनौट भएदेखि नै यहाँका स्थानीय उत्साहित भएका छन् र यस ठाउँलाई नमूना बनाउने दृढता व्यक्त गरेका छन् जसलाई स्थानीयले गीत मार्फत् यसरी प्रस्तुत गरे –

‘सबै जना मिली कम्मर हामी कसे
नमूना गाउँ बन्छ अवश्य’

आफ्नै ठाउँमा काम गरे यही सुन फल्छ भन्ने भावना बोकेका यहाँका स्थानीय गाउँलाई नमूना बनाउँदै पर्यटकको आकर्षणको केन्द्रविन्दु बनाउन जुटेका छन् । सबैजना मिलेर अगाडि बढे उक्त लक्ष्य पूरा हुनेमा यहाँका स्थानीय ढुक्क छन् ।

‘सुन फल्छ नि यसै ठाउँमा
सबैजना मिली काम गरे गाउँमा’

नमूना गाउँको रूपमा छनौट भएको यस ठाउँमा हालै मात्र पाथर्दी घरबाससमेत सञ्चालनमा आइसकेको छ । यहाँ आउने पाहुनालाई कौरा गीतमार्फत् स्वागत गर्ने गरिएको घरबास सामुदायिक व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

नगरपालिका–९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँको रूपमा छनौट हुँदा स्थानीयवासीमा छुट्टै रौनक छाएको बताए ।

कौरा संरक्षणका लागि सहयोग

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मौलिक कौरा संरक्षणका लागि रु पाँच हजार सहयोग गरेका छन् ।

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रु पाँच हजार, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले रु दुई हजार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले रु एक हजार पाँच सय सहयोग गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ११ : ३९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट