क्षयरोगका बिरामीले किन गर्नुपर्छ एचआइभी परीक्षण ? « Khabarhub

क्षयरोगका बिरामीले किन गर्नुपर्छ एचआइभी परीक्षण ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युवरक्युलोसिस नामक सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग फोक्सोमा हुने भए पनि केही व्यक्तिमा शरीरका अन्य भागमा हुनसक्छ । याे राेग बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा हावाको माध्यमबाट अन्य व्यक्तिलाई पनि सर्छ ।

क्षयरोगका लक्षण,

– २ हप्ता वा सोभन्दा बढी समय सम्म लगातार खोकी लागि रहनु,

– शरीरको तौल घट्नु,

– बेलुका र रातिको समसयमा ज्वरो आउनु,

– खानामा रुची नहुनु,

– खकारमा रगत देखिनु,

– श्वासप्रश्वासमा समस्या हुनु ।

यी समस्याहरु देखिएमा नजिकको स्वास्थ्यसंस्थामा खकार र अन्य स्वास्थ्य परिक्षण गर्नुपर्छ । चिकित्सकको सिफारिस अनुसार नियमित रुपमा पूरा मात्रामा औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

तर औषधि सेवन शुरु गरेर बिचमा छोड्यो भने क्षयरोग निको नहुन पनि सक्छ । जसलार्य एमडीआर क्षयरोग भनिन्छ । एमडीआर क्षयरोग लागेका बिरामीलाई साधारण टिबीका औषधिले मार्न नसक्ने जीवाणुहरु हुन्छन् । एमडीआर टिबी निको पार्न कडा खालका औषधि लामो समयसम्म प्रयोग गर्नुपर्छ ।

क्षयरोगका बिरामीको किन गर्नुपर्छ एचआइभी परिक्षण ?

एचआइभी संक्रमण नभएको व्यक्ति भन्दा एचआइभी संक्रमण भएका व्यक्तिहरुमा क्षयरोग लाग्न सक्ने सम्भावना १० गुणा बढी हुन्छ । त्यसैले क्षयरोग लागेका व्यक्तिको एचआइभी परिक्षण गर्नुपर्छ ।  एचआईभी संक्रमितलाई पनि क्षयरोगको जाँच अनिवार्य गराउनुपर्छ ।

क्षयरोगबाट कसरी बच्ने ?

– बच्चा जिन्मँदा बिसीजी खोप लगाउनुपर्छ,

– समुदायमा रहेका क्षयरोगीहरु बेलैमा पत्त लगाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म क्षयरोगको औषधि सेवन गर्नुपर्छ,

– क्षयरोगका बिरामीले धुम्रपान, मध्यपान तथा लागु पर्दाथ सेवन गर्नु हुँदैन,

– क्षयरोगका बिरामीलाई पोषिलो खाना खुवाउने,

– रोगीको सम्पर्कमा नबस्ने,

– भिडभाडमा जादा मास्क प्रयोग गर्ने,

– धुँवाधुलोबाट बच्ने ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : ५८ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको