बटुकदेखि किरियापुत्रीसम्म एसइईका परीक्षार्थी « Khabarhub

बटुकदेखि किरियापुत्रीसम्म एसइईका परीक्षार्थी


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलेवा– माध्यमिक तहको परीक्षा (एसइई) को आज पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् ।

बागलुङबाट पाँच हजार ५१९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौ जना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् ।

विशेष शिक्षातर्फ बागलुङको धौलागिरि बहिरा आवासीय माविबाट २४ जनाले कम्प्युटर धार विषयको परीक्षा विद्यामन्दिर केन्द्रबाट दिएको केन्द्राध्यक्ष जगन्नाथ आचार्यले बताए । यो वर्ष मुक्तिनाथ वेदविद्याश्रमका नौ बटुक, जनताधन माविका एक न्यून दृष्टियुक्त व्यक्ति र प्रभा मावि बोहोरागाउँका एक किरियापुत्री परीक्षामा सामेल भएका छन् ।

प्राविधिक विद्यातर्फ १६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । उनीहरुले कम्प्युटर, कृषि, भेटनरी र सिभिल इञ्जिनीयरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ ।

परीक्षालाई मर्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवश्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महीनासम्म कैद र रु एक लाखसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए ।

उपाध्यायका अनुसार परीक्षामा ३१ केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायकसहित २६८ निरीक्षक खटाएको छ । सबै केन्द्रमा गरी ४६५ सुरक्षाकर्मीलाई परिचालन गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  २ : ३० बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा