चुनावको माहोलमा थाइल्याण्ड, राजनीतिक संकट हट्ला ? | Khabarhub Khabarhub

चुनावको माहोलमा थाइल्याण्ड, राजनीतिक संकट हट्ला ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – विभिन्न राजनीतिक उतारचढावबीच थाइल्याण्डमा आइतबार आम निर्वाचन हुँदैछ । सन् २०१४ मा सेनाले सत्तापलट गरी शक्ती आफ्नो हातमा लिएपछि थाइल्याण्डमा हुन लागेको यो पहिलो आम चुनाव हो ।

चुनावमा मतदानका लागि ५ करोड १४ लाख भन्दा धेरै थाई नागरिक योग्य छन् । चुनावको अन्तिम मत परिणाम सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ ।

थाइल्याण्डमा हुन लागेको चुनावबारे खबरहबले केही प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

के हो थाई चुनाव ?

यो चुनावमा सेना समर्थित वर्तमान थाई प्रधानमन्त्री प्रयुत चान ओचा विपक्षी पपुलिष्ट फ्यु थाई पार्टी नेतृत्वको डेमोक्र्याटिक फ्रन्ट नामक गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । त्यससँगै अरु तेश्रो धारका पार्टीहरु पनि चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

आम चुनावमा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ५ सय सिटका लागि मतदान हुँदैछ । संसद्को कुल ७ सय ५० सिटमध्ये माथिल्लो सदन (सिनेट)को बाँकी २ सय ५० सिट भने सैनिक सरकारले मनोनयन गर्ने प्रावधान छ ।

सन् २०१७ मा विपक्षी पार्टीहरुले सरकार नबनाउन भन्नका लागि सेनासमर्थित सरकारले धेरै सावधानीपूर्वक जारी गरेको थाई संविधानअनुसार माथिल्लो र तल्लो दुबै सदनले प्रधानमन्त्री चुन्न सक्ने व्यवस्था छ । यसअनुसार सेनाप्रति वफादार नरहेका पार्टीहरुले आफूअनुकूल प्रधानमन्त्री छान्नका लागि ३ सय ७६ सिट जित्नुपर्ने हुन्छ । जुन असम्भवप्रायः रहेको बताइएको छ ।

यसको विपरित सेनाप्रति वफादार पार्टीले केबल १ सय ७६ सिट जितेमा पनि सरकार गठन गर्न सक्नेछन् । यसअनुसार यो चुनावपछि पनि थाइल्याण्डमा सेनाप्रति वफादार सरकार नै निर्माण हुने बताइएको छ ।

घटनाको विकासक्रम कस्तो छ ?

थाइल्याण्डमा राजनीतिक संकट सामान्य जस्तै बन्दै आइरहेको देखिन्छ । सन् २००१ यता भएका हरेक निर्वाचन धनाढ्य व्यापारी थाक्सिन सिनावात्रा समर्थित पार्टीले जित्दै आएको छ । सन् २००६ मा भएको सैनिक कू पछि उनलाई अपदस्थ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी अभियोगमा थाई प्रहरीको खोजी सूचीमा रहेका उनी हाल निर्वासनमा छन् ।

सन् २००७ मा भएको अर्को निर्वाचनमा थाक्सिन र उनको पार्टीलाई चुनाव लड्न दिइएको थिएन । सन् २००७ मा भएको निर्वाचनमा बहुमत ल्याइ प्रधानमन्त्री बनेका पिपूल्स पावर पार्टीका नेता सम्यक सुन्दरावेजलाई अदालतले प्रधानमन्त्री बन्न अयोग्य रहेको घोषणा गरेपछि उनको स्थानमा तत्कालीन विपक्षी नेता अभिसित भेजाजिवा प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०११ मा भएको निर्वाचनमा थाक्सिन सिनावात्राकी बहिनी यिङ्लक सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २०१४ मा पनि आम निर्वाचन भएको थियो । तर, अदालतले त्यो चुनावलाई अमान्य फैसला गरेको थियो । त्यसबीच थाइल्याण्डमा सरकारविरोधी प्रदर्शनका माझ सेनाले सत्ता हत्याएको थियो भने यिङ्लक सिनावात्रा निर्वासनमा गएकी थिइन् ।

त्यसपछि सत्तामा आएका शासक प्रचुत चान ओचाले निकै ढिला गरी सन् २०१९ को मार्च २४ का लागि चुनावको मिति घोषणा गरेका थिए ।

कसको पल्ला भारी ?

सत्ता आफ्नो हातमा लिने तत्कालीन सैनिक अधिकारी प्रयुत चान ओचाले सैनिक पदबाट राजीनामा दिएर हाल गैरसैनिक प्रधानमन्त्रीको रुपमा कार्यरत छन् । उनले पलाङ प्रचार्त पार्टी नामक राजनीतिक दल स्थापना गरेर चुनाव लडिरहेका छन् ।

त्यसपछि पहिलोपटक थाइल्याण्डमा चुनाव हुन लागेको हो । यसपटकको चुनावमा पनि थाक्सिन सिनावात्रा समर्थितको फ्यु थाई पार्टीले सबैभन्दा धेरै सिट जित्ने संभावना रहेको बताइएको छ । यद्यपि तत्कालीन थाई नरेश भूमिबोल अतुल्यतेजको मृत्युपश्चात सेनासमर्थित सरकारले जारी गरेको संविधानमा भएको व्यवस्थाअनुसार सरकार भने सेनाप्रति वफादार नै रहने बताइएको छ ।

यस्तो भएमा थाइल्याण्डमा राजनीतिक संकट अझै बढ्दै जानेमा चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  २ : ५३ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको