‘मेरी बास्सै’ बाट बल्छी र राजु मास्टर बाहिरिए | Khabarhub Khabarhub

‘मेरी बास्सै’ बाट बल्छी र राजु मास्टर बाहिरिए


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘मेरी बास्सै’ निर्देशन गर्दै आएका राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) उक्त श्रङ्खलाबाट अलग भएका छन् । निर्देशकद्वयले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै आफूहरु टिमबाट अलग भएको घोषणा गरेका हुन् ।

‘एउटा स्किृप्ट राइटर भनेको खुला आकाशमा उड्ने चराजस्तै हो, ऊ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्कन खोज्दा कहिले उसको टाउकामा चोट लाग्छ, कहिले पखेटा भाँचिन सक्छ,’ मरिचमानले फेसबूकमा आफूलाई पिँजडाको चरासँग तुलना गर्दै लेखेका छन्, ‘यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ, तर हजुरहरुको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौँ ।’

साथै बल्छी र राजु नयाँ भेषमा नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने पनि जानकारी गराएका छन् ।

यी दुईले मिडिया हबसँग सहमति हुन नसक्दा ‘मेरी बास्सै’ छोड्न लागेको बताए ।

विगत केही वर्षदेखि पुनः सञ्चालनमा आएको यो श्रङ्खलालाई पहिले धुर्मुस र माग्ने बूढाले निर्देशन गर्दै आएका थिए । मिडिया हबका कार्यक्रमहरू बीचमा केही वर्ष बन्द समेत भएका थिए । कलाकारले पहिले पनि आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गर्ने गरेका थिए ।

‘मेरी बास्सै’ पछिल्लो समय दर्शकमाझ लोकप्रिय हास्य श्रङ्खला हो ।

 

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : ०४ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको