विश्वभर एकै समयमा सामूहिक भावातीत ध्यान गरिने « Khabarhub

विश्वभर एकै समयमा सामूहिक भावातीत ध्यान गरिने


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामूहिक चेतना अभिवृद्धिका लागि आइतबार साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।

विश्व शान्तिका लागि विश्भर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिए ।

विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूलानुसार दुई पटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा साँझ ५ बजेदेखि ध्यान तथा ५ बजेर २० मिनेटदेखि सिद्धि सूत्र अभ्यास गरिँदै आएको फाउण्डेशनले जनाएको छ ।

भावातीत ध्यान सिकेका साधकले नजीकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुन सक्ने अध्यक्ष बाँस्कोटाले बताए । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्न सक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : १८ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि