लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसद वैठक अवरुद्ध « Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसद वैठक अवरुद्ध


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आइतबारको संसद बैठक अवरुद्ध गरेको छ ।

बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्नु समय दिएका थिए । मधेशमा भएको आन्दोलनको छानबिन गर्न सरकारले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

सांसद कर्णले आफूहरुले सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गरे पनि सरकारले सुनुवाइ नगरेपछि संसद् अवरोध गर्नुपरेको बताए । उनले यसअघि आफूहरुको मागअनुसार सभामुखबाट प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न निर्देशन जारी भए पनि अझै सार्वजनिक नभएको जानकारी गराए ।

सानो विषयमा पनि पटक पटक माग गर्दा सरकारले सुनुवाइ नगरेको भन्दै सांसद कर्णले यही अवस्थामा रही रहे बैठक अवरोध गर्ने बताए । बैठकमा सभामुखले आफ्नो निर्देशन सरकारले सकारात्मक ढङ्गले जवाफ दिइसकेकाले अवरोध नगर्न आग्रह गर्नाका साथै आसन ग्रहण गर्न आग्रह गरे पनि राजपाका सांसदले उभिएर विरोध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको थियो ।

राजपाका सांसदहरुले १० मिनेट पछिको बैठकमा पनि विरोध जनाएर आसनबाट उठेपछि सभामुखले बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेकाले बैठक अवरुद्ध नगर्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि बैठक निरन्तर सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : ३७ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले