विप्लवप्रति प्रधानमन्त्रीको कटाक्ष– सम्झाउँदा केही नलाग्ने भएकाले कृष्णले चक्र बोके « Khabarhub

विप्लवप्रति प्रधानमन्त्रीको कटाक्ष– सम्झाउँदा केही नलाग्ने भएकाले कृष्णले चक्र बोके


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा जनमतसंग्रह भयावह कुरा नभएको बताएका छन् । जनमतसंग्रह अधिकारको कुरा भएको र लोकतन्त्रमा जनमसंग्रह ग्राह्य हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । तर सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनताको पक्षमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पनासमेत गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

हिउँदे अधिवेशको अन्त्य हुने बैठकमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले सीके राउतसँग सरकारले गरेको सहमतिमा जनमत संग्रह उल्लेख नगरिएको दाबी गरे । ‘ त्यो सहमतिमा जनमतसंग्रह भनिएको छैन । पहिले उहाँहरुको माग थियो । उहाँहरुले पनि भन्नु भएको छ । अहिले जनताको अभिमत अनुसार चल्छौं भन्नु भएको छ’ संसदमा ओलीले भने,‘ लोकतान्त्रिक आन्दोलनका नेताहरलाई थाहा हुनुपर्छ यो संसद जनमतको सिर्जना हो, संविधान जनमतको अभिमत हो सरकार जनमतको आकांक्षा हुन् ।’

‘खुशी हुनुपर्ने ठाउँमा केही मान्छे आत्तिएर यो त राष्ट्रघात भयो भन्छन् अचम्म लाग्छ’ प्रधानमन्त्री ओलीले भने । देश विखण्डन गर्छु भन्नेहरु राष्ट्रिय मूलधारमा आएको विषय ठूलो उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ थियो ।

जनमत संग्रहको विरोध गर्ने केही पक्षले राजतन्त्रका लागि जनमतसंग्रह भन्दै हिँडेको आश्चर्य प्रकट गरे ।

‘जनमत संग्रहको कुरा एकातिर चल्दै थियो अर्कातिर केही आफूलाई लोकतान्त्रिक भन्ने मित्रहरुबाटै जनमत संग्रहका कुरा सुनिए’ प्रधानमन्त्री ओलीले भने,‘अचम्म लाग्छ मलाइ कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमत संग्रह भन्ने कुरा गरेर हिँडिरहेका छन् । जोगीले धुनी जगाउँछ नि, हो त्यसरी फुक्ने फेरि लगाएर हिँडेका छन् ।’

अढाइ सय अघि गोरखाका घलेहरुले दौडेर राजा हुनुपर्छ वंश अनुसार हुँदैन भन्ने बुझेका भएपनि अहिले विश्वविद्यालय पढेकाले नबुझेको भन्दै कटाक्ष गरे ।

‘नागरिक हुन पाएकोमा गर्ब छैन’ प्रधानमन्त्री ओलीले भने,‘रैती हुन पाउँ हजुर भन्दै दरखास्त हाल्ने ?, रगत बगाएर ल्याएको गणतन्त्र हो भिखमा आएको होइन, गाईकी त्रिशुल खेलेर ल्याएको होइन । राजतन्त्र भनेर धेरै फट्याकफुटुन नगर्न सुझाव म जनताको पक्षबाट दिन्छु ।’

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई वार्तामा आउन पटक-पटक आग्रह गर्दा अस्वीकार गरेको र बम पड्काउने, निर्दोष जनतालाई मार्ने काम गरेकाले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको बताए ।

‘चन्दाका नाममा लुटपाट भएको छ । नगर्न धेरै पटक भनियो तर भएन’ प्रधानमन्त्री ओलीले भने,‘विध्वंशकारी गतिविधिमाथि निषेध गरियो, कतिलाई हनहनी ज्वरो आयो । यो लोकतान्त्रिक भएन भन्नुभयो ?’

द्वापर युगमा कृष्णसँग सम्झाउने असाधरण क्षमता भएको र केही क्षण सम्झाउँदा गीता नै बनेको उल्लेख गर्दै प्रधानमन्त्री अ‍ोलीले सम्झाउँदा नहुने भएका कारण कृष्णले सुदर्शन चक्र लिएर हिँडेको बताए । ‘सम्झाउँदा भएन भने चक्र लगाउनुपर्छ,’ प्रधानमन्त्रीले भने,‘राज्य हिंसा नियन्त्रण गर्न लाग्यो व्याक गियर छैन ।’

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ३३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने