उदय चोपडाको ‘आत्महत्या’ ट्वीटले बलिउडमा हलचल « Khabarhub

उदय चोपडाको ‘आत्महत्या’ ट्वीटले बलिउडमा हलचल


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार उदय चोपडा पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा छन् । तर उनी यतिबेला भने अचानक ट्रेन्डिङ भएका छन् ।

उनले एक ट्वीट गरे, लगत्तै डिलिट गरे । तर यसको प्रभाव भने पछिसम्म पनि रह्यो ।

उनले आफ्नो पहिलो ट्वीटमा लेखे, ‘म ठीक छैन, म कोशिश गरिरहेको छु तर अहिलेसम्म असफल छु ।’ उनले ट्वीटरमा अर्को ट्वीट पनि गरेका थिए, ट्वीटमा लेखेका थिए, ‘केही घण्टाका लागि मैले आफ्नो ट्वीटर एकाउन्ट डिएक्टिभ पनि गरेँ, यस्तो लाग्यो जस्तो कि म मर्नेवाला छु, त्यो अभूतपूर्व थियो, मलाई लागेको थियो कि, सुसाइड नै  उत्तम उपाय हो, छिट्टै नै यसलाई म स्थायी रुपमा गर्न सक्छु ।’

उनले लेखेको ट्वीटपछि फ्यानले दुःखी हुँदै सचेत रहन आग्रह गरेका छन् । उनको ट्वीटले बलिउडमा हलचल ल्याएको छ । कति त चिन्तित भएर उक्त ट्वीटमा रियाक्ट पनि दिन थालेका छन् । फ्यानले चिन्ता व्यक्त गरेपछि उनले ट्वीट डिलिटसमेत गरे ।

पछि उनले अर्को ट्वीटमा लेखे, ‘मैले हालै केही ट्वीट गरेको थिएँ, जसले गर्दा केही मान्छे निकै दुःखी भए, म बिल्कुल ठीक छु, म केही यस्तो चीजसँग आत्तिएको थिएँ, जसले गर्दा मैले आफूलाई पनि सम्झन पाएको थिएन, मेरो चिन्ताको लागि धन्यवाद ।’

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : १६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर