कलेज पुगेर हलमा दर्शक बोलाउँदै ‘यात्रा’ टिम « Khabarhub

कलेज पुगेर हलमा दर्शक बोलाउँदै ‘यात्रा’ टिम


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ निर्माण टिमले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई पनि तीव्रता दिएको छ । फिल्मलाई प्रचार गर्ने उद्देश्यले निर्माण टिम ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स कलेज पुग्यो ।

कलेजका विद्यार्थीले आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा फिल्मका मुख्य नायक सलिनमान बनियाँ आफ्नो टिमसहित पुगेका थिए ।

उनीसँगै मलिका महत , सलोन बस्नेत , जाह्नवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायत त्यहाँ पुगेका थिए । कलाकारहरुले फिल्मको गीत ‘चट्ट रुमाल क्या मालुम’ मा नाचसमेत प्रस्तुत गरे ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जाह्नवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य , धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यात्राको कथा समेटिएको यो फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ । यो फिल्म चैत्र २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

तस्वीर– आर्यन बिमली

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ०९ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो