कलेज पुगेर हलमा दर्शक बोलाउँदै ‘यात्रा’ टिम « Khabarhub

कलेज पुगेर हलमा दर्शक बोलाउँदै ‘यात्रा’ टिम


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ निर्माण टिमले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई पनि तीव्रता दिएको छ । फिल्मलाई प्रचार गर्ने उद्देश्यले निर्माण टिम ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स कलेज पुग्यो ।

कलेजका विद्यार्थीले आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा फिल्मका मुख्य नायक सलिनमान बनियाँ आफ्नो टिमसहित पुगेका थिए ।

उनीसँगै मलिका महत , सलोन बस्नेत , जाह्नवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायत त्यहाँ पुगेका थिए । कलाकारहरुले फिल्मको गीत ‘चट्ट रुमाल क्या मालुम’ मा नाचसमेत प्रस्तुत गरे ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जाह्नवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य , धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यात्राको कथा समेटिएको यो फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ । यो फिल्म चैत्र २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

तस्वीर– आर्यन बिमली

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ०९ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्