कञ्चनपुर सुन तस्करी प्रकरण, १७ करोड बिगो दावी गर्दै ५ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

कञ्चनपुर सुन तस्करी प्रकरण, १७ करोड बिगो दावी गर्दै ५ जनाविरुद्ध मुद्दा दर्ता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजश्व अनुसन्धान विभागले कञ्चनपुरमा बरामद भएको तस्करीको ३२ किलो सुन प्रकरणमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले कञ्चनपुरका लक्ष्मण तिरुवासहित ५ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा दायर गरेको हो ।

प्रहरीले कञ्चनपुरका विभिन्न ठाउँमा गरि ३२ किलो सुन बरामद गरेको थियो ।

विभागले १६ करोड ९२ लाख ८० हजार बिगो तथा ३३ करोड ८५ लाख ६० हजार जरिवाना मागदावी गर्दै लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक र शंकरबहादुर विकविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ४५ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त