विप्लव समूहका नेताविरूद्ध ४ ओटा मुद्दामा अनुसन्धान « Khabarhub

विप्लव समूहका नेताविरूद्ध ४ ओटा मुद्दामा अनुसन्धान


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका अन्य नेता–कार्यकर्तालाई प्रहरीले चार मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार, उनीहरुविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान शुरु गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको थियो । अदालतले सबैलाई ८ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीले मुद्दा चलाएकाहरूमा विप्लव नेतृत्वको नेकपा स्थायी समिति सदस्य ओली, केन्द्रीय सदस्य वसन्त श्रेष्ठ, रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य रामकृष्ण खतिवडा, देवराज घिमिरे, सन्दीप कार्की, लोकेन्द्र खड्का र सवारी चालक धर्मराज राजबाहक छन् ।

प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका –४ बरुणबेसीबाट गत शनिबार, ९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाउने तयारी गरेको बताएको छ । ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चल्ने प्रहरी स्रोतको भनाई छ । नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए ।

यस्तो छ कानूनी व्यवस्था

मुलुकी अपराध संहिता अनुसार राज्यविरुद्धको अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ । यस्तै, बम बिस्फोटमा मुद्दामा ५ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । यस्तै, संगठित अपराधको मुद्दामा ३ देखि ५ वर्ष सजाय हुने व्यवस्था छ ।

संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ५३ बजे

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र