तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिने « Khabarhub

तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिने


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कडा कारबाही  गर्ने चेतानवी दिएको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा शिक्षा सचिव खगराज बरालले तोकिएकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेज तगायतका अन्य मेडिकल कलेजको सम्बन्धन समेत खारेज गर्ने चेतावनी दिएका छन् ।

सरकारको नियम विपरित कुनै पनि मेडिकल कलेजले बढि शुल्क लिएको पाइएमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गर्दै सचिव बरालले बढि शुल्क लिने मेडिकल कलेजको छानवीन गरी कार्वाही गरीने बताए ।

सरकारले चिकित्सा शास्त्र अन्तर्गत एमबीबीएसमा उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ ।

पछिल्लो सयम गण्डकी मेडिकल कलेजमा विद्यार्थी भर्नामा बढी शुल्क लिएको भन्दै कलेज संचालकविरुद्ध उजुरी परेपछि सरकारले बढी शुल्क लिने मेडिकल कलेजमाथि छानविन गर्न समिति समेत बनाएको छ । सचिव बरालले गण्डकी मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न मन्त्रीपरिषद बैठकले नै सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

बैठकमा समितिका सदस्यहरुले कानून विपरित जथाभावी शुल्क असुली गर्ने मेडिकल कलेजमाथि कारबाही नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

समितिका अर्का सदस्य गगन थापाले मेडिकल कलेजहरुमा जथाभावी शुल्क असुली गर्नेलाई निलम्बन गर्ने लगायतका काम गर्न सरकारलाई सचेत गराएका थिए । उनले निजी मेडिकल कलेजहरुलाई जथाभागी शुल्क असुली गर्न नदिन सरकारले सरकारी मेडिकल कलेजलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने रहेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : ११ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग