आफ्नै मन्त्रीहरुबाट टेरिजा मेलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र ! « Khabarhub

आफ्नै मन्त्रीहरुबाट टेरिजा मेलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र !


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लन्डन– आफ्नै सरकारका मन्त्रीहरुबाट बेलायतमा टेरिजा मेलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने तयारी शुरु भएको छ ।

बेलायतको सण्डे टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचारमा जनाइएअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा मेको भूमिकाबाट असन्तुष्ट मन्त्रीहरुले सामूहिक राजीनामा दिएर उनलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरिरहेका छन् ।

आफ्नो समाचारमा सण्डे टाइम्सले ११ श्रोतलाई उद्धृत गरेको जनाएको छ । जसअनुसार मेलाई १० दिनभित्रै प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेको पत्रिकाले लेखेको छ । मेको स्थानमा को प्रधानमन्त्री बन्ने भन्नेबारे स्पष्ट नभइसकेको समाचारमा उल्लेख छ । यद्यपि सत्तारुढ कन्जर्भेटिभ पार्टीका उपनेता डेभिड लिडिङ्टन, वातावरणमन्त्री माइकल गुभ, विदेशमन्त्री जेरेमी हण्टलगतयत मे सरकारको बहिर्गमनपछि अन्तरिम प्रधानमन्त्रीको उम्मेद्वार रहेको बताइएको छ ।

तर, लिडिङ्टन धेरै नै युरोपियन युनियनको समर्थक रहेकाले मन्त्रीहरुले माइकल गुभलाई अन्तरिम प्रधानमन्त्रीमा सिफारिस गर्नसक्ने बताइएको छ ।

मन्त्रीहरुले सोमबार प्रधानमन्त्री मेलाई राजीनामा दिन दबाब दिने र मेले राजीनामा नदिएमा मन्त्रीहरुले १० दिनभित्र सामूहिक राजीनामा दिनसक्ने समाचारमा उल्लेख छ ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा युरोपेली युनियनसँग गत नोभेम्बरमा मेले गरेको सम्झौता बेलायती संसद्ले दुईपटक अस्वीकार गरेको थियो । सभामुख जोन बर्कोले त्यही सम्झौता तेश्रो पटक संसद्मा प्रस्ताव गर्न नदिइने घोषणा गरेपछि मे समस्यामा परेकी बताइएको छ ।

पछिल्लो समय मेले बेलायत युरोपेली युनियनबाट बाहिरिने म्याद आगामी मे महिनाको २२ सम्म थप्न सम्झौता गरेकी थिइन् । तर, पनि उनको भूमिका प्रभावकारी नभएको र सरकारका मन्त्रीहरु निकै व्यग्र भइरहेकाले उनीहरुले राजीनामा दिने तयारी गरिरहेको सण्डे टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २० बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा