तनहुँका सबै स्थानीय तहमा नेकपाको नेतृत्वको टुङ्गो, पूर्व एमाले र पूर्वमाओवादीलाई ५–५ स्थानीय तह | Khabarhub Khabarhub

तनहुँका सबै स्थानीय तहमा नेकपाको नेतृत्वको टुङ्गो, पूर्व एमाले र पूर्वमाओवादीलाई ५–५ स्थानीय तह


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तनहुँ– तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मङ्गलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुङ्गो लगाएको हो ।

तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पूर्वमाओवादी केन्द्रको भागमा एक नगरपालिका र चार गाउँपालिकाको नेतृत्व परेको छ ।

पूर्वएमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादी अध्यक्ष भएको ठाउँमा पूर्वएमालेको सचिव तोकिएको छ ।

तनहुँमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।

यसैगरी भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भीमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् ।

यसअघि पार्टीले नेकपाको जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : ०० बजे

प्रधानमन्त्री नपाएपछि हर्कले अस्वीकार गरे खानेपानी र श्रम मन्त्री

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला