मदिराले नै धानेको छ राजश्वको अधिकांश हिस्सा | Khabarhub Khabarhub

मदिराले नै धानेको छ राजश्वको अधिकांश हिस्सा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व  २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये  १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार वियर र मदिराबाहेक कोकाकोला, साबुन, सरफ, सुर्ती, रङ्गलगायतको एक प्रतिशत हुने भए पनि अरु सबै अन्तःशुल्क मदिराजन्य पदार्थको हो । ती उद्योगले मूल्य अभिवृद्धि कर, आयकरलगायतको राजश्व ठूला करदाता कार्यालयमा तिर्दै आएका छन् ।

गत आर्थिक वर्षको चैत महीनासम्ममा सो कार्यालयले  १४ अर्ब ४२ करोड ७५ लाख राजश्व सङ्कलन गरेकामा  १२ अर्ब ४१ करोड १६ लाख अन्तःशुल्कको रहेको थियो । अर्यालका अनुसार चितवनमा तीन वियर उद्योग छन् भने नवलपुरमा दुई रहेका छन् । त्यसैगरी ३ मदिरा उद्योग चितवनमा छन् भने ४ नवलपुरमा रहेका छन् ।

कूल सङ्कलन भएको अन्तःशुल्कमध्ये मदिराको भन्दा वियरको बढी हुने गरेको अर्यालले बताए । नेपालमा नै वियरमा सबैभन्दा बढी अन्तःशुल्क तिर्ने गोर्खाब्रुअरी यसै कार्यालयअन्तर्गत पर्दछ । त्यसैगरी यति, माउण्ट एभरेष्ट, शेर्पा र सिजी ब्रुअरीले यसै कार्यालयमा अन्तःशुल्क बुझाउँदै आएका छन् ।

मदिरातर्फ यति, मनकामना, देवचुली, श्री, युनाइटेड, सुमी र रोलिङ लिभर डिस्टिलरी यसै कार्यालयको क्षेत्राधिकारभित्र पर्दछ । ती कार्यालयले अन्तःशुल्क यहाँ बुझाउँछन् भने अन्य कर ठूला करदाता कार्यालयमा बुझाउने गर्दछन् ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजाल अन्तःशुल्कको रकम ठूलो हुँदा अन्य क्षेत्रको राजश्व कम देखिएको भए पनि बढ्दो मात्रामा रहेको बताउँछन् । मदिराजन्य उद्योगले अन्तःशुल्क बढाउँदै लगेको बताउँदै उनले अन्य क्षेत्रको राजश्व पनि वार्षिक २० प्रतिशतभन्दा बढ्दो क्रममा रहेको बताए ।

कार्यालय दायरा फराकिलो पारेर राजश्व बढाउने अभियानमा लागिपरेको उनले बताए । देशकै मध्यभाग भएकाले ढुवानीका लागि सहज हुने हुँदा मदिराजन्य उद्योगसँगै अन्य उद्योग खोल्नका लागि यस क्षेत्र उपयुक्त देखिएको छ । मदिराजन्य र अन्य उद्योग खुल्ने क्रम पनि जारी रहेको रिजालले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : २३ बजे

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक