‘एभेन्जर्स: इन्ड गेम’ को अग्रिम बूकिङ आक्रामक, केही मल्टिप्लेक्सका साइट ‘डाउन’ « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ को अग्रिम बूकिङ आक्रामक, केही मल्टिप्लेक्सका साइट ‘डाउन’


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतीक्षित हलिउड फिल्म ‘एभेन्जर्सः इन्डगेम’ आउँदो शुक्रवारबाट रिलिज हुँदैछ । रिलिजको दुई दिनअघि अग्रिम बुकिङ खुलेको यो फिल्मको  बूकिङ आक्रामक देखिएको छ । अग्रिम बुकिङ खुलाएका कतिपय मल्टिप्लेक्स हलका आधिकारिक वेबसाइट ‘डाउन’ भएका छन् ।

कुनै वेबसाइटको क्षमताभन्दा धेरै प्रयोगकर्ताले एकसाथ साइट खोले भने साइट डाउन हुने या सुस्त हुने गर्छ ।

मल्टिप्लेक्स हलमा सबैभन्दा ठूलो च्यानल भएको क्युएफएक्स सिनेमाको वेबसाइट ‘डाउन’ भएको छ । क्युएफएक्सले भने दिउँसो वेबसाइट अपग्रेड गर्न लागिएको बताएको थियो । बुधवार दिनभरि अपग्रेड गर्ने भनेको साइट साँझसम्म पनि खुलेन ।

क्युएफएक्सले फिल्मको अग्रिम बुकिङ खुलाएको थियो । तर, साइट ‘डाउन’ हुँदा दर्शकहरू‌ले आक्रोश व्यक्त गरेका छन् । केही प्रतीक्षित दर्शकले हलमा लाइन लागेर नै टिकट लिएका छन् ।

यस्तै कमलपोखरीमा रहेको बिग मुभिजको साइट पनि डाउन भएको छ । यो साइट पनि दिउँसो दिनभरि डाउन भयो । फिल्मको लामो समयदेखि प्रतीक्षा गरिरहेका दर्शकले बुधवार बूकिङ खुल्ने सूचना पाएपछि बिहानैदेखि यी साइट भिजिट गर्ने प्रयास गरेका छन् ।

यता दिउँसो चाबहिलमा रहेको एफक्युब सिनेमाजको साइट ढिलो खुल्ने समस्या आए पनि साँझ भने राम्रो चलिरहेको छ । यहाँका केही ‘शो’ मा टिकट सोल्ड आउट भइसकेका छन् ।

दरबार मार्गको क्युज सिनेमा र गोंगबुमा रहेको बीएसआर मुभिजका साइट भने खुलिरहेका छन् । यी हलमा पनि बूकिङ खुलेको छोटो समयमा नै धेरै टिकट विक्री भइसकेका छन् ।

यो फिल्मले छिमेकी देश भारतमा पनि आक्रामक बूकिङ गरेको थियो । भारतमा यो फिल्मको एक सेकेन्डमा १८ वटासम्म टिकट विक्री भएको भारतीय मिडियाले जनाएका छन् । यस्तै चीनमा पनि फिल्मको बूकिङ निकै आक्रामक देखिएको थियो । विश्वका कैयन् ठाउँमा यो फिल्मले टिकट बूकिङमा रेकर्ड नै बनाएको छ ।

‘एभेन्जर्सः इन्डगेम’ को नेपाली दर्शकमा पनि लामो समयदेखि प्रतीक्षा छ । फिल्ममा कैयन् सुपरहिरोहरु हुनेछन्, जो मार्भलको ब्रह्माण्डमा युद्ध गरिरहेका हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : १२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण