पार्टी एकता नयाँ स्तरबाट अघि बढ्यो, अब ७७ जिल्लामै अभियान लिएन जान्छौं– प्रचण्ड « Khabarhub

पार्टी एकता नयाँ स्तरबाट अघि बढ्यो, अब ७७ जिल्लामै अभियान लिएन जान्छौं– प्रचण्ड


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग गरेको संकल्प पूरा गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ललितपुरको सिद्धिमंगल माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सवमा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले आगामी चार वर्ष भित्रमा सरकारले जनातासँग गरेको बाँचालाई पूरा गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धेरै ठूलो मूल्य चुकाएर देशमा स्थायीत्व आएको भन्दै प्रचण्डले जतताले गरेको भरोसा र मतको कदरका लागि त्यसप्रति जिम्मेवार बन्ने बताए ।
देशमा राजनीतिक स्थायीत्व नभइ विकास हुँदैन र विकास नभइ संमृद्धि र शान्ति आउँदैन भनेर नै दुई पार्टी बीच एकता गरेको प्रचण्डले बताए ।
सरकार बनेको एक वर्षमा कानूनी पूर्वाधार बनेको, छिमेकीसँग सन्तुलित सम्बन्धहरु बनेको, भौतिक पूर्वाधारहरुको काम भइरहेको बताए । तर पनि यसको गति अझै बढाउनु पर्ने प्रचण्डले बताए ।

नेकपालाई जडसूत्रवादी, अवसरवादी कम्युनिस्ट पार्टी होइन यो देशको हीतप्रति समर्पित गर्ने पार्टी हो भन्ने सावित गर्नका लागि पनि आफूहरु गम्भीर भएर लाग्ने उनले बताए ।

पार्टी एकतालाई नयाँ स्तरबाट अघि बढाएका भन्दै प्रचण्डले ७७ जिल्लामा नै अभियान लिएर जाने र जनतासँगको सम्बन्धलाई अझ सजिव बनाउने बताए । नेता र सरकारमा देखिएका कमी कमजोरीलाई हटाउँदै अघि बढ्ने उनको भनाइ थियो ।

शिक्षामा लगानी , पूर्वाधारको विकास र गुणस्तरियता कायम नभएसम्म समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन नसक्ने प्रचण्डले बताए ।
नेपालको वर्तमान शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भएको ले जीवन उपयोगी र उत्पादनसँग शिक्षालाई जोडेर लैजाने बनाउनु पर्ने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको