पार्टी एकता नयाँ स्तरबाट अघि बढ्यो, अब ७७ जिल्लामै अभियान लिएन जान्छौं– प्रचण्ड « Khabarhub

पार्टी एकता नयाँ स्तरबाट अघि बढ्यो, अब ७७ जिल्लामै अभियान लिएन जान्छौं– प्रचण्ड


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग गरेको संकल्प पूरा गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ललितपुरको सिद्धिमंगल माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सवमा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले आगामी चार वर्ष भित्रमा सरकारले जनातासँग गरेको बाँचालाई पूरा गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

धेरै ठूलो मूल्य चुकाएर देशमा स्थायीत्व आएको भन्दै प्रचण्डले जतताले गरेको भरोसा र मतको कदरका लागि त्यसप्रति जिम्मेवार बन्ने बताए ।
देशमा राजनीतिक स्थायीत्व नभइ विकास हुँदैन र विकास नभइ संमृद्धि र शान्ति आउँदैन भनेर नै दुई पार्टी बीच एकता गरेको प्रचण्डले बताए ।
सरकार बनेको एक वर्षमा कानूनी पूर्वाधार बनेको, छिमेकीसँग सन्तुलित सम्बन्धहरु बनेको, भौतिक पूर्वाधारहरुको काम भइरहेको बताए । तर पनि यसको गति अझै बढाउनु पर्ने प्रचण्डले बताए ।

नेकपालाई जडसूत्रवादी, अवसरवादी कम्युनिस्ट पार्टी होइन यो देशको हीतप्रति समर्पित गर्ने पार्टी हो भन्ने सावित गर्नका लागि पनि आफूहरु गम्भीर भएर लाग्ने उनले बताए ।

पार्टी एकतालाई नयाँ स्तरबाट अघि बढाएका भन्दै प्रचण्डले ७७ जिल्लामा नै अभियान लिएर जाने र जनतासँगको सम्बन्धलाई अझ सजिव बनाउने बताए । नेता र सरकारमा देखिएका कमी कमजोरीलाई हटाउँदै अघि बढ्ने उनको भनाइ थियो ।

शिक्षामा लगानी , पूर्वाधारको विकास र गुणस्तरियता कायम नभएसम्म समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन नसक्ने प्रचण्डले बताए ।
नेपालको वर्तमान शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भएको ले जीवन उपयोगी र उत्पादनसँग शिक्षालाई जोडेर लैजाने बनाउनु पर्ने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल